फेरि एक पटक देशको बारेमा चिन्तन गर्ने बेला भएको छ : सिटौला

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपाली काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले संविधान जारी भएपछिका वर्षहरूको गहन समीक्षा जरुरी रहेको बताएका छन् । शनिवार काठमाडौंमा गणेशमान सिंहको ११० औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सबै एक ठाउँमा उभिएर फेरि एक पटक देशका बारेमा चिन्तन गर्ने बेला भएको बताए ।

संविधान जारी भएको एक दशक पुग्न लागेको बताउदै सिटौलाले आफैले बनाएको संविधान कति इमान्दारिताका साथ जनताको हितमा कार्यान्वयन भयो भन्ने विषयमा गम्भीर छलफल हुन आवश्यक रहेको बताए ।

संविधानमा वा राज्य सञ्चालनमा कतै त्रुटि भए गहन समीक्षा गरी आवश्यक परे संविधान संशोधन गर्नुपर्ने बताउदै परिवर्तन बमोजिम आएको संविधानले जनताको अधिकार, हकको लागि गरिएका सङ्कल्पहरू कति पूरा भए भन्नेबारेमा समीक्षा हुनुपर्नेमा जोड दिए ।

नेता सिटौलाले स्थानीय तहदेखि सङ्घ सरकारसम्मै राज्य सञ्चालनका शैलीहरू परिवर्तन गर्न जरुरी रहेकोमा समेत जोड दिए ।

  • २४ कार्तिक २०८१, शनिबार १३:११ प्रकाशित