लागू औषध ट्रामाडोल सहित ४ पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।
पोखराको बाग्लुङ बसपार्कबाट लागू औषध ट्रामाडोल सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बाग्लुङ बसर्पामा लागु औषधको कारोबार भइरहेको अवस्थामा वडा प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगर कास्कीबाट खटिएको प्रहरी टोलीले पोखरा २ बाग्लुङ बसपार्क बस्ने २० वर्षीय कृष्ण श्रेष्ठ, म्याग्दी घर भइ पोखरा ३ नदीपुर बस्ने २५ वर्षीय प्रदिप पुन, पोखरा ४ फिर्केपुल बस्ने १९ वर्षीय रोहित नेपाली र पोखरा ३ गणेश टोल बस्ने १९ वर्षीय सुमित परियारको साथबाट ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल आइपी ट्रामोल ५० लेखिएको लागू औषध १६० चक्की र मोवाइल ४ थान बरामद गरिएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्त कुमार शर्माले जानकारी दिए

शर्माका अनुसार पक्राउ परेका चारजनालाई लागू औषध सम्बन्धी मुद्धामा कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको छ ।

  • २४ कार्तिक २०८१, शनिबार ०८:१६ प्रकाशित