लायन्स क्लव सिमसारको रक्तदानमा ५४ युनिट रगत संकलन

केन्द्रभाग मिडिया

लेखनाथ ।

महिला मात्र सदस्य रहेको लायन्स क्लव अफ लेखनाथ सिमसारले राखेको रत्तदानमा ५४ युनिट रगत संकलन भएको छ ।

पोखरामा देखिएको रगतको अभावलाई मध्यनजर राख्दै क्लवको बार्षिक कार्यक्रम अन्तरगत शुक्रवार पहिलो पटक रगत दिनेहरुलाई केन्द्रित गरि राखिएको रत्तदानमा ५४ युनिट रगत संकलन भएको हो ।

रत्तदानको महत्व र उपयोगिताका बारेमा साथै मधुमेह रोगका वारेमा जानकारी दिने आयोजना गरिएको रत्तदान कार्यक्रमका पहिलो रत्तदाता लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठलाई ब्लड ब्याग हस्तान्त्रण गर्दै लायन्स क्लव अन्तराष्ट्रिय ३२५ वी आई का गभर्नल विनोद ढुगानाले लायन्स क्लवले हामी भन्दा कम अवसर पाएकाहरुलाई विभिन्न माध्यमबाट सहयोग गर्दै आएको वताएका थिए ।

सोही अवसरमा पोखरा महानगरपालिका वडा नं ३० का वडाअध्यक्ष दुर्गा सुवेदीले लायन्स क्लवले आपत विपत देखि संकटमा परेका मानिसका लागि सेवा गर्दै आएको र लायन्सले गरेका कामलाई समाजको तल्लो तहसम्म पु¥याउदै हरेक मानिसमा सामाजिक भावनाको विकास गराउनु पर्ने सुझाव राखेका थिए ।

सोही अवसरमा शिसुवा स्वाथ्य क्लिनिकका संचालन डा. विद्याभुषण ताम्राकार, लायन्स क्लव अन्तराष्ट्रिय ३२५ वी आई का एड्भाईजर शैलेन्द्र मोहन भटराई र लायन्स क्लव अन्तराष्ट्रिय ३२५ वी आई का ब्लड डोनेसन चिफ युवराज खनाल लगाएतले रोग लाग्नु पुर्व नै आफनो स्वास्थ्यका वारेमा सचेत रहन आग्रह गर्दै रत्तदानको महत्व र यसले शारिरमा पार्ने सकरात्मक प्रभावका बारेमा जानकारी गराएका थिए ।

लायन्स क्लव अफ लेखनाथ सिमसारकी अध्यक्ष ईन्दिरा ओझाको अध्यक्षतामा भएको कार्यक्रममा धन्यवाद ज्ञापन कार्यक्रम संयोजक जानुका पराजुली अधिकारीले गरेकी थिईन भने कार्यक्रम संचालन सचिव सञ्जु सुवेदीले गरेकी थिईन ।

  • २३ कार्तिक २०८१, शुक्रबार १६:५७ प्रकाशित