सर्वोच्चका प्रस्तावित दुई न्यायाधीशको नाम सर्वसम्मत अनुमोदन

केन्द्रभाग मिडिया

काठमाडौँ ।

संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित दुई न्यायाधीशलाई सर्वसम्मतिले अनुमोदन गरेको छ ।

शुक्रबार बसेको सुनुवाइ समितिको बैठकले प्रस्तावित न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेमाथि सुनुवाइ गरी न्यायाधीशमा अनुमोदन गर्ने निर्णय गरेको समितिका सभापति जेष्ठ सदस्य पशुपति शमशेर राणाले जानकारी दिए ।

निरौलाबिरूद्द २ वटा उजुरी समेत परेको थियो । सुनुवाइका क्रममा सांसदहरूले ती उजुरी सहित न्यायालय सुधार, सुशासन, मुद्दा फैसलामा ढिलाइ लगायत बारे प्रश्न गरेका थिए ।

  • २३ कार्तिक २०८१, शुक्रबार १४:३५ प्रकाशित