काठमाडौँ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठक मङ्सिरको दोस्रो हप्ता बस्ने भएको छ । मंंसिर १० गतेदेखि केन्द्रीय कार्यालय कपिलवस्तुस्थित शिवगढीमा पार्टीको स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समिति बैठक लगातार बस्न लागिएको हो ।
बैठकमा विगतमा भएका निर्णयको समीक्षा, पछिल्लो राजनीतिक अवस्था, पार्टी एकता लगायत भावी रणनीति र कार्यदिशाबारे छलफल हुने विप्लवका सचिवालय सदस्य विमर्श आचार्यले जानकारी दिए । उनले केन्द्रीय समिति बैठक नियमित भएको बताए ।
यसअघि गएको वैशाखमा बसेको बैठकले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने र ०८४ को आम निर्वाचन उपयोग गर्ने निर्णय गरेको थियो । यस्तै मङ्सिर ९ गते नेकपाले पार्टी स्थापना दिवस भव्यरुपले मनाउने भएको छ । वैद्य नेतृत्वको नेकपा–माओवादीबाट ०७३ मा अलग भएपछि विप्लवले आफ्नै नेतृत्वमा पार्टी गठन गरेका थिए ।
माओवादीले पार्टी एकतासम्बन्धी निर्णय मङ्सिर १६ गतेपछि बस्ने केन्द्रीय समिति बैठकले गर्दैछ ।