काठमाडौं ।
सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशका विषयमा आज संसदीय सुनुवाइ हुने भएको छ।
सर्वोच्चका लागि सिफारिस न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेको सुनुवाइ गर्न आज संसदीय सुनुवाइ समितिको बैठक बस्ने भएको हो।
बैठक अहिले बिहान ११ बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको हल भवन नम्बर २ कोठा नम्बर ३०१ मा बस्ने संसदीय सुनुवाइ समितिले जानकारी गराएको छ।
सुनुवाइ समितिले गत असोज १५ गते सूचना प्रकाशन गरेर दुई प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको थियो।