काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ ।
केन्द्रीय समितिको बैठक कात्तिक २४ गते शनिबारको दिन बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्न लागेको हो ।
बैठकमा आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन, समसामयिक राजनीतिक गतिविधि, पार्टीको सांगठनिक गतिविधि लगायतका विषयमा छलफल हुने कार्यसूची छ ।
यसैगरी आगामी राजनीतिक सहकार्यका न्यूनतम मुद्दा र संघर्षका मोडालिटी पनि बैठकको एजेण्डामा राखिएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।