पोखरा ।
आज कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले सार्वजनिक गरेको तरकारीको मूल्य सानो गोलभेडाँ ७४ देखि १०९ रुपैयाँसम्म मण्डीबाट किनबेच भएको छ । ठुलो गोलभेडाँ भने ८० रुपैयाँ देखि १०० रुपैयाँ सम्म किनबेच भएको छ ।
पोखरामा आज रातो र सेतो दुवै आलुको भाउ बढेको छ । आज आलु प्रति के.जी ६० देखि ६५ रुपैयाँ रहेको छ ।यसअघि आलु प्रति के.जी ५५ रुपैयाँ देखि ६० रुपैयाँसम्म किनबेच भएको थियो ।
यस्तै घिरौला १०० रुपैयाँ देखि १२० रुपैयाँ सम्म के।जी छ । बन्दा ७० देखि ९० रुपैयाँ प्रति के.जी छ । काउली १०० देखी १३० रुपैयाँ रहेको छ भने मटरकोसा २०० देखि ३०० रुपैयाँ प्रति के.जी छ । यस्तै आज प्याजको भाउ पनि बढेको छ ।
आज प्याज के.जीको १२० देखि १३० रुपैयाँ रहेको छ । यसअघि प्याज सुकेको १०० देखि १२० रुपैयाँ सम्म किनबेच भएको थियो । गाजर १५० देखि २०० रुपैयाँ सम्म केजी रहेको छ । रायोको साग ३५ देखि ५० रुपैयाँ छ ।
मासु र फलफुलको मुल्य हेर्न यहाँ क्लिक गर्नुहोस ।