चितवनमा बस र हायस एक आपसमा ठोक्किँदा ५ जनाको ज्यान गुम्यो

केन्द्रभाग मिडिया

 

पोखरा ।

चितवनको भरतपुर महनगरपालिका–२९ सत्रकिलोमा बस र इलेक्ट्रिक हायस आपसमा ठोक्किँदा पाँच जनाको ज्यान गुमेको छ ।

मुग्लिङबाट नारायणगढ तर्फ जाँदै गरेको बा.प्र. ०६–००१ ज ०२९८ नम्बरको इलेक्ट्रिक हायस र नारायणगढबाट मुग्लिङ तर्फ आउँदै गरेको बा. प्र. ०३–००१ ख. २८१२ नम्बरको बस एक आपसमा ठक्कर खादा पाँच जनाको ज्यान गुमेको चितवन प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक भेसराज रिजालले जानकारी दिए ।

उनका अनुसार ज्यान गुमाउने हायसका चालक खरेनी ४ तनहुँका ३९ वर्षीय अनुज अधिकारी हायसमा नै सवार गोर्खा आरुघाट– १ मान्बु बस्ने ४० वर्षीय राजबहादुर गुरुङको पहिचान भएको छ । अन्दाजी ४० वर्षीया एक महिला, अन्दाजी ३०–३५ वर्षका दुई पुरुषको पहिचान खुल्न सकेको छैन ।

सो दुर्घटनामा अन्य तीन जना घाइते भएकोमा एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

  • २३ कार्तिक २०८१, शुक्रबार ०७:१२ प्रकाशित