पोखरा ।
पोखराको नयाँबजारमा रहेको मित्रमिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेड सहकारी ठगी प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सहकारीका तत्कालिन उपाध्यक्ष माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ३ घाचोक लम्सालथर स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर ५ पस्र्याङ बस्ने वर्ष ३४ का विजय लम्साल रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
फरार लम्साललाई हिजो कार्तिक २० गते पोखरा महानगरपालिका वडा नम्बर २ अर्चलबोटबाट पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक बसन्तकुमार शर्माले बताए ।