कांग्रेसको स्थानीय तह उपनिर्वाचन समितिको बैठक बस्दै

केन्द्रभाग मिडिया

काठमाडौँ ।

सत्तारूढ दल नेपाली कांग्रेसको स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समितिले बैठक बोलाएको छ । समिति सदस्य जीवन परियारले दिएको जानकारी अनुसार दिउँसो ३ बजेका लागि पार्टी कार्यालय सानेपामा बैठक बोलाइएको हो ।

यो समिति पार्टी महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको छ । ‘दिउँसो ३ बजे बैठक बस्दैछौँ । स्थानीय तह उपनिर्वाचन हुने वडा तथा पालिकाहरूको स्थिति के छ भनेर छलफल हुन्छ र भावी रणनीति पनि बनाउने योजना रहेको छ‚’ सहमहामन्त्री परियारले भने ।

यहीँ मङ्सिर १६ गते स्थानीय तहको उपनिर्वाचन मिति घोषणा भएको छ । जसको तयारीमा दलहरू लागेका छन् ।

  • २१ कार्तिक २०८१, बुधबार १३:५६ प्रकाशित