तनहुँको १० पालिकामा भित्रयाउन लागेको धान खेतमै सोत्तर

केन्द्रभाग मिडिया

तनहुँ ।
तनहुँ जिल्लाका दश वटा पालिकामा वर्षाका कारण किसानले भित्रयाउन लागेको धान खेतमै सोत्तर भएको छ । वर्षाले ठुलो मात्रामा असर पारेको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । सोमबार दिउँसो र राति परेको वर्षाले काटेर खेतमै रहेका अवस्थामा धानबालीलाई पानीले डुबाएको काट्न बाँकी रहेको धान ढलाएको हो ।

व्यास नगरपालिका वडा नम्बर ८ का वडा सदस्य रामप्रसाद मिश्रले रिस्तीफाँट, फाँउदीफाँट, कलेस्तीफाँट लगायतमा किसान काटेर खेतमा राखेको धानबालीलाई नोक्सान पु¥याएको बताए । दशै र तिहार मनाउने क्रममा रहेकाले अधिकांशले धान थन्क्याउन नपाएको र असार साउनमा जस्तो मुसलधारे पानी परेकाले ठूलो क्षति पु¥याएको हो ।

पानी ठुलो परेकाले रिस्ती खोलामा आएको बाढीले कतिपय कृषकको खेतमै राखेको धान बगाएको मिश्रले बताए । ठुलो मिहिनेत र लगानी गरेको धानबाली भित्र्याउने बेलामा पानीमा डुबेर खेतमा धान झरेर टुसा उम्रिने भएपछि किसान निराश भएकोले क्षतिपूर्तिको व्यवस्था गर्नका लागि नगर प्रमुख वैकुण्ठ न्यौपानेसमक्ष भनेको मिश्रले जानकारी दिए ।

वर्षाले साथ दिँदा शतप्रतिशत रोपाइँ भएकाले जिल्लामा धान उत्पादन बढ्ने अनुमान गरेको अधिकांशले कृषकलाई नोक्सान भएको र क्षति विवरण आउन बाँकी रहेको कृषि ज्ञान तनहुँका बाली संरक्षण अधिकृत तथा सूचना अधिकारी किरण परियारले जानकारी दिए ।

परियारका अनुसार अहिले क्षतिको विवरण संकलन कार्य जारी रहेको छ । तनहुँमा सात हजार छ सय ७४ हेक्टर खेतमा धानबाली लगाइएको थियो । पाकेको धानबालीमा पानी जमेर नष्ट हुँदा मर्का परेको किसानले बताएका छन् । भानु नगरपालिका–२ का दीपक ढकालले भित्राउने बेलाको धान पानीले सोत्तर बनाएकोले मर्का परेको बताए ।

भानु नगरपालिका–३ का केशवराज त्रिपाठीले पाकेको धान दाई हालेर थन्क्याउने बेलामा नष्ट हुँदा समस्या परेको बताए ।

  • २० कार्तिक २०८१, मंगलवार १६:४२ प्रकाशित