गण्डकी डेंगीको उच्च जोखिममा, कास्की जिल्लामा मात्रै ७ हजार संक्रमित

केन्द्रभाग मिडिया

काठमाडौं ।

देशभर २८ हजारभन्दा धेरै मानिसमा डेंगीको संक्रमण फैलिएको छ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हाल देशका २८ हजार २ सय १२ जना यसको संक्रमण देखिएको हो।

देशका ७६ जिल्लामा डेंगीको संक्रमण फैलिइसकेको छ।सात प्रदेशमध्ये गण्डकी प्रदेश डेंगीको उच्च जोखिममा देखिएको छ। ११ जिल्ला रहेको गण्डकी प्रदेशमा १३ हजार ८ सय ९८ जनामा संक्रमण फैलिइसकेको छ।

गण्डकी प्रदेशको कास्की जिल्लामा मात्रै ७ हजारभन्दा धेरै संक्रमित छन्। यस जिल्लामा ७ हजार १ सय ६१ जनामा डेंगी संक्रमण देखिएको हो।

गण्डकीपछि बागमती प्रदेशमा धेरै संक्रमण देखिएको छ। बागमती प्रदेशमा ९ हजार १ सय ३२ जनामा संक्रमण फैलिएको छ।यसैगरी कोसी प्रदेशमा १७ सय ४२, लुम्बीनीमा १४ सय ४५ र सुदूरपश्चिममा ११ सय ८९ जनामा संक्रमण देखिएको छ।

मधेस र कर्णाली प्रदेशमा सबैभन्दा कम संक्रमित छन्। मधेस प्रदेशमा ४ सय ८७ र कर्णालीमा ३ सय १९ जनामा यसको संक्रमण देखिएको छ।

  • २० कार्तिक २०८१, मंगलवार १६:२३ प्रकाशित