पोखरा ।
सहकारी ठगी, संगठित अपराधको कसुरमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका सभापति रवि लामिछानेको समर्थनमा पोखरामा रास्वपाका कार्यकर्ताले गरेको प्रदर्शनको क्रममा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले निषेधित क्षेत्र तोड्न खोजेका प्रदर्शनकारीलाई अश्रुग्यास प्रहार गरेको थियो । साथै प्रहरीले ७ जना प्रदर्शनकारी रास्वपा कार्यकर्ताहरूलाई नियन्त्रणमा लिएको छ ।
लामिछानेलाई म्याद थपका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराउनु अघिदेखि नै मंगलबार रास्वपाका कार्यकर्ताहरूले सडकमा प्रदर्शन थालेका थिए ।