पोखरा ।
रवि लामिछानेको समर्थनमा प्रदर्शन गरिरहेका रास्वपाका कार्यकर्ताले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान चलिरहँदा समर्थकहरूले भने प्रतिशोधपूर्ण तवरले फसाउन खोजिएको भन्दै पोखरामा प्रदर्शन गरिरहेका छन् ।
सो क्रममा प्रदर्शनकारीहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको हो । वाइचोकबाट उनीहरू निषेधित क्षेत्र तोकिएको सहिदचोक जान खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो । प्रदर्शनमा सहभागीहरूले लामिछानेको रिहाइको माग गर्दै प्रतिशोधपूर्ण राजनीति नगर्न सरकारसँग माग गरेका छन् ।
लामिछानेलेलाई सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि मंगलबार नै कास्की जिल्ला अदालतमा पेस गरिएको छ ।