पोखरा ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३४ रुपैयाँ २९ पैसा र बिक्रीदर १३४ रुपैयाँ ८९ पैसा छ ।
आज युरो एकको खरिददर १४६ रुपैयाँ ४० पैसा र बिक्रीदर १४७ रुपैयाँ ०५ पैसा रहेको छ । यस्तै पाउण्ड एकको खरिदर १७४ रुपैयाँ ०७ पैसा र बिक्रीदर १७४ रुपैयाँ ८५ पैसा रहेको छ । १० जापानी येनको खरिददर ८ रुपैयाँ ८५ पैसा र बिक्रीदर ८ रुपैयाँ ८९ पैसा छ । भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ९३ पैसा र बिक्रीदर १९ रुपैयाँ ०२ पैसा छ ।
साउदी रियालको खरिददर ३५ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९१ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ८५ पैसा र बिक्री दर ३७ रुपैयाँ ०१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर ३० रुपैयाँ ७१ पैसा र बिक्रीदर ३० रुपैयाँ ८५ पैसा रहेको छ ।