पोखरा ।
आज कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले सार्वजनिक गरेको तरकारीको मूल्य अनुसार आज गोलभेडाँको भाउ सस्तो भएको छ ।
आज सानो गोलभेडाँ ७८ देखि ९६ रुपैयाँसम्म मण्डीबाट किनबेच भएको छ । ठुलो गोलभेडाँ भने ८० रुपैयाँ देखि १०० रुपैयाँ सम्म किनबेच भएको छ ।
पोखरामा आज रातो र सेतो दुवै आलुको भाउ प्रति के.जी ५५ देखि ६० रुपैयाँ रहेको छ ।यस्तै घिरौला १०० रुपैयाँ देखि १२० रुपैयाँ सम्म के।जी छ । यस्तै आज प्याज सुकेको १०० देखि १२० रुपैयाँ सम्म किनबेच भएको छ। गाजर १५० देखि २०० रुपैयाँ सम्म केजी रहेको छ । रायोको साग ५० देखि ६० रुपैयाँ छ ।
मासु र फलफुलको मुल्य हेर्न यहाँ क्लिक गर्नुहोस ।