पोखरा ।
नेपालीहरुले मनाउने तिहार पर्व पोखरामा भने विदेशी पर्यटकहरुले समेत मनाएका छन । पोखरा घुम्न आएका विभिन्न १२ देशका ५६ जना पर्यटकहरुले नेपाली दिदीबहिनीहरुसंग सामुहिक रुपमा भाइटीका लगाएका छन ।
होटल संघ पोखराले आयोजना गरेको १७ औं संस्करणको भाइटीका फेस्टिभलको अवसर पारी पोखरा घुम्न आएका विभिन्न १२ राष्ट्रका ५६ जना पर्यटकहरुले भाइटीका लगाएका हुन ।
चीन, भियतनाम, मंगोलिया, अष्ट्रेलिया, बेलायत लगायतका देशका पर्यटकहरुले नेपालीहरुको फेस्टिभलमा सहभागी भएर यहांको संस्कृतिको बारेमा जान्ने मौका पाएकोमा खुसी ब्यक्त गरे ।
फेस्टिभलले हरेक देशको मानिसहरुको रहन सहनलाई उजागर गर्ने र त्यसैअनुरुप तिहार पर्वमा नेपालीहरुले प्रकृति, सस्कृति र जीवजनावरको आत्मियता र आफन्तहरुको महत्वको बारेमा विदेशीहरुलाई जानकारी दिनका लागी होटल संघ पोखराले भाइटीका फेस्टिभलको आयोजना गरेर यसमा पर्यटकहरुलार्य आकर्षित गर्न सहयोग पु¥याएकोले पर्यटन बोर्डले समेत सहकार्य गरेको पर्यटन वोर्ड पोखराका कार्यालय प्रमुख नबिन पोखरेलले बताए ।
पर्यटकरुलाई नेपाली रहन सहनको जानकारी दिइ पर्यटकको बसाइ लम्ब्याउने र भाइटीका फेस्टिभलमा सहभागी पर्यटकहरुलाई नेपाली संस्कृती मनाउन नेपाल जाउँ है भन्ने सन्देश प्रबाह गर्नका लागि भाइटीका फेस्टिभलको आयोजना गरिएको होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।
होटल संघ पोखराले कोरोना कहरको दुई वर्ष बाहेक प्रत्येक वर्ष तिहारको बेला भाइटीका फेस्टिभलको आयोजना गर्दै आइरहेको छ ।