थाइ एअर एसियाले भैरहवा–बैंकक उडान सुरु गर्‍यो

केन्द्रभाग मिडिया

बुटवल ।
भैरहवाको गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थलबाट बैककका लागि थाइ एयर एसियाले आजबाट उडान सुरु गरेको छ । थाइ एयर एसियाले गौतमबुद्ध विमानस्थल भैरहवाबाट बैंकक–भैरहवा–बैंकक उडान आज आइतबारबाट सुरु गरेको छ । एयर एसियाले भैरहवाबाट साताको २ दिन उडान गर्नेछ ।

अब ८ नोभम्बर (२३ मंसिर) मा अर्को उडान हुने विमानस्थलका प्रवक्ता विनोद राउतले जानकारी दिए । राउतका अनुसार बिहान ७ बजे विमानस्थलमा अवतरण गरेको र बिहान ७.४० बजे बैंकक प्रस्थान गरी सकेको छ । विमानमा चालक दलका ७ सदस्यहरु मात्रै आएका थिए ।

यो तालिका अनुसारकै उडान हो । थाइ एअर एसियाको केही दिन अघि मात्रै भैरहवा र पुनः उडान काठमाडौंमा सुरु गर्न अनुमति पाए लगत्तै उडान सुरु भएकोले टिकट बिक्री लगायत बजार प्रबरद्धनको काम हुन नपाएको राउतले बताए ।

भैरहवाबाट बैंककतर्फ एकतर्फी सुरुवाती भाडादर १२ हजार रुपैयाँ रहेको छ । एअर एसियाको यो विमान बिहान ७.४० बजे बैंकक प्रस्थान गरिसकेको छ । योसँगै नोभेम्बर ९ बाट जजिरा एअरले पनि साताको २ दिन उडान गर्ने तयारी गरेको प्रवक्ता राउतले बताए ।

विगतमा पनि उडान भएर रोकिएकाले यहाँका पर्यटन व्यवसायीले नियमित उडान हुनुपर्ने माग राखेका छन् । त्यसका लागि एअरलाइन्स कम्पनीहरुलाई आकर्षित गरेसँगै विमानस्थल प्रयोग गरेर विदेश जानेहरुका लागि विमानस्थलमा स्थापना हुनुपर्ने, सरकारी कार्यालयहरु तत्काल सञ्चालनमा ल्याउनुपर्ने उनीहरुको माग छ ।

पर्यटन व्यवसायी सीपी श्रेष्ठले सरकार विगतमा जस्तै यात्रु अभावको कारण देखाउंदै विमान कम्पनीहरुले उडान नगर्ने जोखिम अझै रहेको बताउँछन् । विगतमा पनि जजिरा सहित एअरलाइन्सले केही समय उडान गरेपनि एक महिनापछि बन्द गरेका थिए ।

  • १८ कार्तिक २०८१, आईतवार १०:२१ प्रकाशित