स्थिर अमेरिकी डलरको मूल्य, युरोको बढ्यो

केन्द्रभाग मिडिया

पोखरा ।

अमेरिकी डलर आज पनि स्थिर छ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ २३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ८३ पैसा कायम भएको छ । बुधबार र विहीबार पनि अमेरिकी डलर एकको खरिददर र बिक्रीदर यही नै थियो ।

आज युरोपियन युरो एकको खरिददर १४५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १४६ रुपैयाँ ४७ पैसा छ । विहीबार युरो एकको खरिदर १४५ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४६ रुपैयाँ ३ पैसा कायम थियो । युरो भने आज पनि थोरै बढेको छ ।

यसैगरी युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७४ रुपैयाँ २६ र बिक्रीदर एक सय ७५ रुपैयाँ ०४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५४ रुपैयाँ ९७ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ६७ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ११ पैसा र बिक्रीदर ८८ रुपैयाँ ५० पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ३९ पैसा र बिक्रीदर ९६ रुपैयाँ ८२ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ५३ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ९८ पैसा निर्धारण गरिएको छ ।

  • १६ कार्तिक २०८१, शुक्रबार १०:२५ प्रकाशित