नेपाल मगर संघ नयाँबजार समिति बन्यो देउसी भैलो च्याम्पियन

केन्द्रभाग मिडिया

पोखरा ।
गण्डकी प्रदेश स्तरीय दोस्रो मौलिक तिहार उत्सव सम्पन्न भएको छ । पोखरा टेलिभिजन एन्ड मिडिया प्रा।लि ले आयोजना गरेको देउसी भैलो प्रतियोगितामा नेपाल मगर सङ्घ पोखरा नयाँ बजार समिति च्याम्पियन बनेको छ । मगर, गुरुङ, व्रामण, क्षेत्री, गन्धर्व समुदाय बिच भएको प्रतियोगितामा नेपाल मगरसंघ नयाँ बजारले अवार्ड जितेको हो ।

च्याम्पियन बनेको समूहलाई निर्णायक संयोजक प्रजापति पराजुली,पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल,कलाकार तारापति सुवेदी , कलाकार सरला पाण्डे, पोखरा टेलिभिजनका प्रबन्ध निर्देशक माधव पनेरु, कार्यक्रम संयोजक घनश्याम पाण्डेय लगायत च्याम्पियन अवार्ड, चेक, प्रमाण पत्र हस्तान्तरण गरेका हुन् ।

प्रतियोगितामा सहभागी सबै समूहलाई टेलिभिजनले नगद ५ हजार र प्रमाण पत्र प्रदान गरेको थियो ।देउसी भैलो प्रदर्शनमा नेपाल मगर सङ्घ इकाई समिति राम बजार,राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान, गण्डकी प्रदेश, क्षत्री समाज पोखरा महानगर समिति, गन्धर्व आमा समूह पोखरा १६ बाटुले चौर ,नेपाल मगर सङ्घ नयाँ बजार समिति पोखरा ८, सिद्धार्थ तमु समाज,पोखरा ,गन्धर्व सारङी संरक्षण पाठशाला, पोखरा २५ हेम्जाको समूहले आआफ्ना देउसी भैलो प्रस्तुत गरेका थिए ।

कार्यक्रमको उद्घाटन गर्दे गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले नेपालीहरूको संस्कृति संरक्षण यस्ता उत्सवले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । पर्यटनको लागि संस्कृति र प्रकृति महत्त्वपूर्ण रहेको बताए । मन्त्रालय संस्कृति संरक्षणको लागि मन्त्रालयबाट पनि कार्यक्रम राख्ने गरेको बताए ।

पोखरा महानगरपालिका मेयर धनराज आचार्यले संस्कृति संरक्षणको लागि सबै लाग्नुपर्ने बताए । उनले डिजिटल प्लेटफममा हुनेहुँदा पछिसम्म पनि यसको महत्त्व हुने बताए । गण्डकी प्रदेशका प्रेस रजिस्ट्रार विमला भण्डारीले सञ्चार माध्यमले समाचार मात्रै नभएर संस्कृति संरक्षणमा लाग्नु पर्ने भन्दै पोखरा टेलिभिजन गत वर्षबाट सुरु गरेको कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताइन् ।

कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, टान अध्यक्ष कृष्ण आचार्य, पृथ्वी होटेल व्यवसायी समितिका अध्यक्ष अमृत घिमिरे सहित विभिन्न संघ संस्था प्रमुख एव प्रतिनिधिहरूको सहभागिता रहेको थियो कार्यक्रम १५ देश भन्दा धेरै देशका विदेशी पर्यटकहरूको पनि सहभागिता थियो ।

  • १५ कार्तिक २०८१, बिहीबार २१:०० प्रकाशित