महिला फुटबल टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले दिए राजीनामा

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले राजीनामा दिएका छन् । हिजो बुधवार साफ च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग पराजित भएसँगै मुख्य प्रशिक्षक तामाङले पदबाट राजीनामाको घोषणा गरेका हुन् ।

तामाङकै प्रशिक्षणमा गएको फागुनमा साउदी अरबमा भएको वाफ च्याम्पियनसिपमा नेपाली महिला टोली फाइनलमा पुगेको थियो । त्यतिबेला पनि नेपाल फाइनलमा जोर्डनसँग पराजित भएको थियो । उनको प्रशिक्षणमा साफ पनि हारेको हो । तामाङले अब आफूले क्लब फुटबलको प्रशिक्षण सम्हाल्ने बताएका छन् ।

  • १५ कार्तिक २०८१, बिहीबार ०९:१७ प्रकाशित