पोखरा ।
देशभर पश्चिमी वायुको साथै पहाडी भू-भागमा स्थानीय वायुको समेत आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश, बागमती प्रदेश,र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम मुख्यतया सफा छ ।
दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।
कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ ।
राति कोशी प्रदेश लगायात बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।
कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ ।
- अबको तीन दिन धान नकाट्न किसानलाई आग्रह
यसैबिच नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले अब तीन दिनपछि मात्र धान काट्न किसानलाई आग्रह गरेको छ । मौसम पूर्वानुमान महाशाखाले तिहारको अवधिमा विभिन्न प्रदेशमा वर्षाको सम्भावनाको अनुमान गरेसँगै नार्कले किसानलाई ३ दिनपछि मात्रै धान काट्न आग्रह गरेको हो ।
महाशाखाले बुधबार एक विशेष बुलेटिन जारी गर्दै तिहारको चतुर्दशी (१५ गते), औँसी (१६ गते), प्रतिपदा (१७ गते) र द्वितीया (१८ गते) का दिनहरूमा देशको कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशहरूका पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको हो ।
पाकेको धान काट्नै पर्ने भएमा उपलब्ध मेसिनहरु प्रयोग गरि जति सक्दो छिटो काट्न आग्रह गरिएको छ । काटेको धान खेतमा नछोड्न नार्कको सुझाव छ ।
कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका महानिर्देशक बासुदेव रेग्मीले पनि मौसमलाई ख्याल गर्न किसाललाई आग्रह गरेका छन् । नियमित मौसमी बुलेटिनमा ध्यान दिन र त्यस अनुरुप फसल काट्ने र थन्क्याउने गर्न उनले आग्रह गरेका हुन् ।