साफ महिला च्याम्पियनसिप : उपाधि बंगलादेशलाई, नेपाल उपविजेतामै सिमित

केन्द्रभाग मिडिया

पोखरा ।

साफ महिला च्याम्पियनसिपको उपाधि साविक बिजेता बंगलादेशले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा नेपाललाई २–१ गोल अन्तरले पराजित गर्दै बंगलादेशले उपाधि जितेको हो । दोस्रो हाफको ३७ औँ मिनेटमा बंगलादेशकी रितुपर्णा चक्माको गोलमा बंगालदेशले नेपालविरुद्ध अग्रता दोब्बर पारेको थियो ।

दोस्रो हाफको २३ औँ मिनेटमा मारिया मान्डाको प्रहार नेपालकी गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाले पन्च गर्दै उत्कृष्ट बचाउ गरिन् । ६० औँ मिनेटमा सावित्रा भण्डारीको प्रहार दोस्रो बारको नजिकबाट बाहिरिदा नेपालले अग्रता बनाउने अबसर गुमायो ।

५६ औँ मिनेटमा अमिसा कार्कीको गोलमा नेपाल खेलमा फर्किएको थियो । पुजा रानाको पासमा अमिसाले बंगालदेशका दुई डिफेन्डरलाई बिट गर्दै किपर अघि बढेको मौका गोल गर्दै नेपाललाई बराबरीमा ल्याएकी थिइन् ।

त्यसअघि खेलको ५३ औँ मिनेटमा मोनिका चक्माको गोलमा बंगलादेशले घरेलु टोलीविरुद्ध अग्रता बनाएको थियो ।

  • १४ कार्तिक २०८१, बुधबार २०:५० प्रकाशित