पोखरा ।
साफ महिला च्याम्पियनसिपको फाइनलको पहिलो आफ घरेलु टोली नेपाल र बंगलादेशले गोलरहित बराबरीमा सकिएको छ। । त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा जारी पहिलो हाफ सकिँदा दुवै टोलीले केही अबसर जुटाएपनि गोल गर्न सकेनन् ।
खेलको दोस्रो मिनेटमा नै गिता रानाले रिलिज गरेको बल तोहुरा खातुनले सजिलै नियन्त्रणमा लिदै गरेको प्रहर क्रसबारमा लाग्दै रिबाउण्ड भउको थियो । रिवाउण्डमा तोहुराको हेडर नेपालकी गोलरक्षकले सजिलै बचाउ गरिन् ।
खेलको १० औँ मिनेटमा साम्बाको ब्याक पासमा अमिसा कार्कीको प्रहार क्रसबारमा लाग्दै बाहिरिदा नेपालले अग्रता बनाउने मौका गुमायो ।
खेलको ३३ औँ मिनेटमा बंगलादेशकी मोनिका चक्माको फ्रिकीक प्रहार क्रसबारको माथिबाट आकाशियो ।