बालुवाटारमा रास्वपाको प्रदर्शन :  ३३ कायकर्ता पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज बालुवाटारमा विरोध प्रदर्शन गरेको छ ।पार्टी सभापति रवि लामिछाने सहकारी ठगीमा पक्राउ परेपछि आन्दोलित भएको रास्वपाले आज बालुवाटार केन्द्रित प्रदर्शन गरेको हो ।

प्रदर्शनका क्रममा बालुवाटारबाटै पार्टीका काठमाडौं जिल्ला सभापति प्रदीप बिष्ट, ललितपुर जिल्ला सभापति बुद्धरत्न महर्जनलगायत   ३३ जना नेता कार्यकर्तालाई पक्राउ पगरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले वक्तव्य जारी गरी शान्तिपूर्ण रूपमा उभिएर छलफल गर्दै गर्दा प्रहरीले दमन गरेको बताउँदै भर्त्सना गरेका छन् ।

रास्वपाले बालुवाटारको नेपाल हाउस नजिक प्रदर्शन गर्ने बताए पनि प्रहरीले रोकेपछि केही तल भाटभटेनी नजिक पीपल बोटमा प्रदर्शन गरेको छ ।

सहकारी ठगीमा सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाले पोखरा हुँदै काठमाडौंमा आन्दोलन जारी राखेको छ । लामिछाने कास्की प्रहरीको हिरासतमा रहेका छन् ।

  • १३ कार्तिक २०८१, मंगलवार १४:०० प्रकाशित