पोखरा ।
पोखरामा पटका बनाउने क्रममा एक किशोर घाईते भएका छन् ।
हिजो (सोमबार) ३ बजेर ३० मिनेटको समयमा पटका बनाउने क्रममा पोखरा महानगरपालिका वडा नम्बर २१ फुर्सेखोला रोइकरे बस्ने वर्ष १७ का असिम परियार घाईते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
असिमले आल्मुनियमको पातामा २० बट्टा सलाईको काटिले पटका बनाउने क्रममा अचानक पड्किदाँ घाइते भएको प्रहरीले बताएको छ । उनको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका लागि पठाइएकोमा ५ : ३० बजे थप उपचारका लागि काठमाडौंको कीर्तिपुर अस्पतालमा रिफर गरिएको छ । असिमको शरीरको विभिन्न स्थानमा चोट लागेको बताइएको छ ।














