पर्वतको नागढुंगा सहकारीमा ५ करोड अपचलन भएको पुष्टि

केन्द्रभाग मिडिया

पोखरा ।

पर्वतको फलेवासस्थित नागढुंगा सहकारीको रकम पनि अपचलन भएको पुष्टि भएको छ । सञ्चालक समिति मिलेर उक्त सहकारीको ५ करोडभन्दा बढी रकम हिनामिना गरेको छानबिनबाट पुष्टि भएको हो ।

विज्ञ समूहले गरेको अध्ययन अनुसार सहकारीमा बचतकर्ताले जम्मा गरेको ४ करोड ८० लाख हिनामिना भएको हो । अहिले सहकारीका अध्यक्ष गिरीनारायण श्रेष्ठ र व्यवस्थापक अनिलबहादुर केसी फरार छन् ।

कोषाध्यक्ष दीर्घनारायण शर्मा भने पक्राउ परिसकेका पर्वत प्रहरीले जनाएको छ । उनीहरुविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरी कारबाही प्रक्रिया अघि बढाइसकेको छ ।

सहकारी रजिस्टारको कार्यालय गण्डकीले गरेको छानबिन अनुसार १९ जना प्रतिवादी छन् । उक्त सहकारीमा साढे ६ सय हाराहारी बचतकर्ता छन् ।

  • १२ कार्तिक २०८१, सोमबार १३:५४ प्रकाशित