चीन भ्रमणको तयारीमा ओली

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको तयारी थालेका छन् । कात्तिक अन्तिम साता या मंसिर पहिलो साता बेइजिङ भ्रमण हुन सक्ने उनको सचिवालयले पुष्टि गरेको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार परराष्ट्र मन्त्रालय र विकास योजनासँग सम्बन्धित मन्त्री तथा सचिव डाकेर चीनसँगका सम्झौताको प्रगतिबारे फलोअप गर्न निर्देशन दिइएको बताइएको छ ।

सन् २०१७ मै बीआरआई फ्रेमवर्कमा समझदारी भइसके पनि कार्यान्वयनमा ढिलासुस्ती भएको भन्दै चिनियाँ पक्षले चासो देखाइरहेको छ । बेइजिङ भ्रमणको तयारीका क्रममा प्रधानमन्त्री ओलीले बीआरआईलगायत अन्य चिनियाँ सम्झौताको प्रगतिबारे चासो राखेका छन् ।

नेपालमा नयाँ प्रधानमन्त्री बनेसँगै पहिले दक्षिणी छिमेकी भारतको भ्रमण गर्ने सामान्य प्रचलनजस्तै बनेको छ । तर चौथोपल्ट प्रधानमन्त्री भएका ओली राष्ट्रसंघ महासभामा भाग लिने क्रममा अमेरिका पुगेका थिए । त्यहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग साइडलाइन भेट गरे पनि उनीहरुबीच सौहार्दता विकास हुन नसकेको बताइन्छ ।

  • ११ कार्तिक २०८१, आईतवार १६:४६ प्रकाशित