लेखनाथस्थित आदर्श चोकमा बोलेरोको ठक्करबाट एक महिलाको ज्यान गयो

केन्द्रभाग मिडिया

पोखरा ।

बोलेरो गाडीको ठक्करबाट पोखरामा एक पैदल यात्रीको ज्यान गएको छ । लेखनाथस्थित आदर्श चोकमा ग ३ च ४७५७ नम्बरको बोलेरोले ठक्कर दिँदा ५७ वर्षीय सोनु खड्काको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

तालचोकबाट गगनगौडातर्फ जाँदै गरेको बोलेरोले गएराति आदर्श चोकमा सर्लाही घर भई पोखरा–२९ बस्ने खड्कालाई ठक्कर दिएको थियो ।बोलेरोको ठक्करबाट गम्भिर घाइते भएकी खड्काको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि बोलेरो जीप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • ११ कार्तिक २०८१, आईतवार १६:२५ प्रकाशित