मासबार आमा समुहको अध्यक्षमा पुन : शारदा गिरीको नेतृत्व

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा ७ मा अवस्थित मासबार आमा समूहको अध्यक्षमा शारदा गिरी पुनः निर्वाचित हुनुभएको छ । सहकारीको २८ औ वार्षिक साधारणसभा तथा १४ औं अधिवेशले गिरीलाई पुनः अध्यक्षमा चयन गरेको हो । उपाध्यक्ष पिङगला भट्ट, सचिव लक्ष्मी देवी बराल, कोषाध्यक्ष लक्ष्मी पण्डीत घिमिरे र सहसचिव सावित्री पहारी बराल चयन भए ।

सदस्यहरू प्रमिला बराल, सरस्वती केसी, मिना बराल, खिममाया अधिकारी, तुलसी शर्मा, शान्ति बराल, लक्ष्मी बराल , लक्ष्मी बराल (घरेलु), जमुना पराजुली, दुर्गा पराजुली बराल, भवानी बराल, इन्दिरा बराल , मैया घिमिरे बराल निर्वाचित भएको निर्वाचन मण्डलका संयोजक लोचना अधिकारीले जानकारी दिइन ।

यसअघि साधारणसभा उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं. ७ का वडा अध्यक्ष राम मोहन आचार्यले वडाको सबैभन्दा पुरानो मासबार आमा समुह सबै भन्दा सक्रिय संस्थाको रुपमा परिचित रहेको बताए । आचार्यले वडाले अबका दिनमा सक्रियताका आधारमा सामाजिक संस्थालाई सम्मान सहित प्राथमिकता दिने समेत बताए । वडा सदस्य सुनिता सुनारले आमा समुहले गर्दैै आएको सामाजिक कार्य र सक्रियताको प्रशंसा गरिन ।

संस्थाका सल्लाहकार तेज नारायण अधिकारीले आमा समुह समभावनाका साथ सबै चुनौतीलाई चिरेर अगाडी बढ्नुपर्ने बताए । नेपाली कांग्रेस पोखरा ७ का सभापति नविन राज बरालले पछिल्लो समय महिलाहरु आरक्षणमा मात्र नभई क्षमता र योग्यताका आधारमा अगाडी वढ्नुपर्ने अवस्था रहेको धारणा ब्यक्त गरे ।

नेकपा एमाले पोखरा ७ का अध्यक्ष किशोर बरालले वडाकै जेठो आमा समूहको रुपमा परिचित संस्थाले आफ्नो सामाजिक कार्य वडामा मात्र नभइ अन्य क्षेत्र र ठाउँमा समेत पु¥याउन सकेकोमा आफुलाई गौरव लाग्ने बताए ।महिला विकासका लागि आमा समुहका अध्यक्ष तुलसी बरालले निस्वार्थ भावले सामाजिक संस्थालाई अगाडी हाक्न महिला थप्रै समस्या रहेको बताउदै चुनौतीलाई चिर्दै समाजिक कार्यमा लाग्दा आत्मसन्तुष्टि हुने बताए ।

समाज सेवा युवा क्लबका अध्यक्ष मधु अधिकारीले आमा समूह नयाँ पुस्तालाई समेत सामाजिक कार्यमा अग्रसर हुन प्रेरणा दिने संस्था भएको बताउदै सामाजिक संस्था विच सहकार्य र एकताको खाँचो रहेको बताइन ।सो अवसरमा संस्थामा महत्वपुर्ण योग्दान पु¥याए बापत संस्थाका निर्वतमान अध्यक्ष टिका देवी अधिकारी सहित विभिन्न प्रतियोगितामा भाग लिइ संस्थालाई उपाधी जिताउन सफल समुहमा आबद्घ सदस्यहरुलाई सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष शारदा गिरीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कृष्ण कुमारी बरालले स्वागत र सह सचिव सावित्री पहारी बरालले संचालन गरेकी थिइन ।

  • ११ कार्तिक २०८१, आईतवार ०९:३८ प्रकाशित