साताको पहिलो दिन पोखरामा आज कस्तो छ तरकारीको भाउ ? (मुल्य सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

आज कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले सार्वजनिक गरेको तरकारीको मूल्य अनुसार आज पोखरामा सानो गोलभेडाँ केजीको १४५ रुपैयाँ देखि १७४ रुपैयाँसम्म मण्डीबाट किनबेच भइरहेको छ । औसत मुल्य भने १५९ रुपैयाँ ५ पैसा रहेको छ। आज ठुलो गोलभेडाँ १०० रुपैयाँदेखि १५० रुपैयाँसम्म केजी रहेको छ ।

आज प्याज के।जीको १०० देखि १२० रुपैयाँ रहेको छ ।आज रातो र सेतो दुवै आलु प्रति केजी ५५ देखि ६५ रुपैयाँ रहेको छ । यस्तै घिरौला १०० देखि १२० रुपैयाँ सम्म किनबेच भएको छ । यस्तै गाजर अधिकतम १८० र न्युनतम १५० रुपैयाँ प्रति केजी रहेको छ । रायोको साग ५० देखी ६० रुपैयाँ मुठा रहेको छ ।मुला ५० देखि ६० रुपैयाँ केजी रहेको छ ।

 

मासु र फलफुलको मुल्य हेर्न यहाँ क्लिक गर्नुहोस् ।

  • ११ कार्तिक २०८१, आईतवार ०८:४९ प्रकाशित