मदन आश्रित टोल बिकास सस्थामा तुलाचन

केन्द्रभाग मिडिया

पोखरा ।

मदन आश्रित टोल बिकास सस्थाको अध्यक्षमा पूर्ण ध्वज तुलाधर चयन भएका छन् । संस्थाको दोस्रो अधिबेशन तथा पाचौं बार्षिक साधारण सभाले तुलाचनको नेतृत्वमा ७ सदस्यीय समिति चयन गरेको हो ।

संस्थाको उपाध्यक्षमा गंगा राना छेत्री, सचिबमा कमल बहादुर बस्नेत, कोषाध्यक्षमा झक बहादुर भण्डारी चयन भएका छन् । सदस्यहरुमा सावित्री संग्रौला, किरण थापा र सबिता बिक सर्बसम्मत चयन भए ।

यस अगाडि साधारणसभा एवं अधिवेशनको पोखरा महानगर पालिका वडा न १७ का वडा सदस्य शिवराम भण्डारी साधारणसभाको उद्घाटन गरेका थिए भने अध्यक्ष चन्द्रकान्ता अधिकारीको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा सचिब कमल बहादुर बस्नेत, उपाध्यक्ष पूर्ण ध्वज तुलाचन र शुभकामना मन्तब्य नमस्ते आमा समूहका अध्यक्ष सावित्री सग्रौला, पूर्वसचिब मुना श्रेष्ठ, पुर्ब कोषाध्यक्ष तारा देबि सुवेदीले आफ्ना भनाइ राखेका थिए ।

  • ११ कार्तिक २०८१, आईतवार ०८:३२ प्रकाशित