अफिन गण्डकीको नेतृत्वमा कपिल पोखरेल

केन्द्रभाग मिडिया

पोखरा ।

एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) गण्डकीको अध्यक्षमा कपिल पोखरेल चयन भएका छन् । शनिबार अबेर सम्पन्न अफनको छैटौं साधारणसभा तथा तेस्रो अधिवेशनले पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

अफिनको उपाध्यक्षमा डा. चण्डिका पण्डित, सचिव सूर्य पोखरेल र कोषाध्यक्षमा चुणामणि दाहाल चयन भएका छन् । सदस्यहरुमा महेन्द्र केसी, सविन अधिकारी, नेत्रनाथ गौतम, डा. चन्द्रबहादुर मिश्र चयन भएका छन् । थप एक सदस्य कार्यसमितिको बैठकले मनोनित गर्ने जनाइएको छ ।

यस अगाडि साधारणभा एवं अधिवेशनको उद्घाटन शनिबार गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले गरेका हुन् । उद्घाटन गर्दै उनले प्रदेशबासीको स्वास्थ्यलाई मध्येनजर गर्दै योजनाहरू अघि बढाएको जानकारी दिए ।

उनले प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्न तीन कालीन योजना बनाएर काम थालेको उनको भनाई छ । ‘अल्पकालीन, मध्यकालीन र दिर्घकालीन योजना बनाएर काम गर्ने बाटो तय गरेको छु’, उनले भने ।

उनले गण्डकीको स्वास्थ्य सुधार कार्यक्रमलाई प्रभावकारी बनाउन निजी अस्पतालसँग सहकार्य गरेर काम गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे । अधिवेशनको अबसरमा अफिनले स्वास्थ्य क्षेत्रमा लामो समय सेवा गरेका ६ जनालाई सम्मान पनि गरेको छ । चार दशक भन्दा बढी समय स्वास्थ्य क्षेत्रमा योगदान गरेकालाई सम्मान गरिएको हो ।

सम्मानित हुनेमा डाक्टर विनोद तुलाचन, नर्सिङतर्फ किरण चन्द, ल्याबर्फत श्यामकृष्ण प्रधान, फार्मेसीतर्फ टंकबहादुर साही, रेडियोलोजीतर्फ वेदबहादुर रायमाझी र फिजियोथेरापीतर्फ विजय प्रधान रहेका छन् ।

उनीहरुलाई गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री पाठक, पोखरा महानगरपालिका मेयर धनराज आचार्य र संस्थाका अध्यक्ष डा. गिरधारी शर्माले संयुक्त रुपमा सम्मान गरे ।

कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले निजी स्वास्थ्य संस्थाले राम्रो काम गरिरहेको बताउँदै बेला बेलामा अनुगमन हुनुपर्ने बताए । अफिन गण्डकीका अध्यक्ष डाक्टर गिरधारी शर्माले गण्डकीमा निजी स्वास्थ्य संस्थामा करिब १ सय ५० अर्ब लगानी भएको बताए । शर्माले विगत २ वर्षमा संस्थाले गरेका गतिविधि पनि प्रस्तुत गरेका थिए ।

शर्माको अध्यक्षतामा भएको उद्घाटन सत्रमा अफिनका केन्द्रीय अध्यक्ष डाक्टर पदमबहादुर खड्का, अफिन गण्डकीका संस्थापक अध्यक्ष अशोक पालिखे, उपाध्यक्ष कपिल पोखरेल, सचिव ऋषि खतिवडा, कोषाध्यक्ष सूर्यप्रसाद पोखरेल सम्मानित व्यक्तित्व, किरण चन्द र वेदबहादुर रायमाझी लगायतले स्वास्थ्य क्षेत्र र निजी स्वास्थ्य संस्थाको बारेमा बोलेका थिए ।

 

 

  • ११ कार्तिक २०८१, आईतवार ०७:३५ प्रकाशित