घाचोक–पोखरा सम्पर्क समाज गठन, अध्यक्षमा तोयनाथ बैरागी

केन्द्रभाग मिडिया

पोखरा ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोक जन्म घर भई हाल पोखरामा विभिन्न पेशा, व्यवसायमा आवद्ध तथा स्थायी तथा अस्थायी बसोबास गर्नेहरुको आज भएको भेलाले घाचोक–पोखरा सम्पर्क समाजको तदर्थ समिति गठन गरेको छ ।

घाचोकवासीको दुःख र सुःखमा साथमा रहने तथा घाचोकको विकासका लागि पोखरामा रहेर योगदान गर्दै एकआपसमा आपसी सद्भाव र सम्बन्ध प्रगाढ बनाउने उदेश्यलेसमाज गठनका लागि पोखरामा भेला आयोजना गरिएको थियो ।

सो भेलाले तोयनाथ लम्साल(वैरागी)को अध्यक्षतामा १५ सदस्सीय तदर्थ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समाजको उपाध्यक्षमा महेश्वर पोखरेल, सचिव जगत गुरुङ, सहसचिव विष्णु पोखरेल, कोषाध्यक्ष सीता लम्साल आचार्य(सरिता) र सहकोषाध्यक्षमा नारायण गुरुङ चयन भए । उपाध्यक्ष महिलामा पछि पदपूर्ति गरिने बताइन्छ ।

यसैगरी सदस्यहरुमा भानुभक्त पोखरेल, मेनका आचार्य, चुडामोहन लम्साल, सोमनाथ लम्साल, चन्द्राज्यू ठकुरी, लेखबहादुर खत्री, कृष्ण दवाडी र भोजबहादुर नेपाली रहेका छन । यसैगरी भेलालले नौ सदस्सीय सल्लाहकार समिति समेत चयन गरेको छ ।

सल्लाहकारहरुमा हरिश्चन्द्र लम्साल, मीनप्रसाद लम्साल, मिनराज लम्साल, गोविन्द प्रसाद पोखरेल, सु तोरणबहादुर गुरुङ, शिवराम लम्साल, शिवराम लम्साल, गंगालाल पोखरेल र विष्णु केसी रहेका छन ।

यसैगरी सो भेलाले पाँच सदस्सीय विधान मस्यौदा समिति गठन गरेको छ । समितिमा विष्णुप्रसाद पोखरेल, शिवप्रसाद पोखरेल, दुर्गा घोरासैनी,सुवासचन्द्र लम्साल र राकेश गुरुङ रहेका छन ।
भेलाका प्रमुख अतिथि समाजसेवी एवं शिक्षासेवी हरिदत्त पोखरेलले ढिलै भएपनि समाज गठन गरेर घाचोकवासीलाई एकतावद्ध बनाउने कार्यको थालनी भएकामा खुशी व्यक्त गरे । सम्पर्क समाजका माध्यमबाट एक आपसमा भाईचारा र बन्धुत्वको भावना विकास हुने विश्वास उहाँले व्यक्त गरे ।

वडाध्यक्ष हरिश्चन्द्र लम्सालले घाचोकको समग्र विकासका लागि समाज सहयागी हुने विश्वास व्यक्त गर्दै समाजका लागि आफ्नो तर्फबाट आवश्यक सहयोग गर्र्ने बताए । नवगठित समाजका अध्यक्ष तोयनाथ लम्साल बैरागीले पोखरामा रहेर विविध कारणले गाउँसग नजोडिएकाहरुलाई एकतावद्ध राख्ने प्रतिवद्धता व्यक्त गरे ।

“सबैको विज्ञता र क्षमतालाई गाउँसँग जोड्ने प्रयत्न गर्ने छौँ । गाउँका हरेक क्रियाकलापसँग जोडिने र सहयोगी संस्थाका रुपमा गाउँमा रहने छौँ भने पोखरामा एकापसमा भाइचारा र सम्बन्ध विकासको कडीका रुपमा क्रियाशील हुनेछौँ ।” अध्यक्ष लम्सालले भने ।

भेलामा सहभागीहरुले समाज गठन आवश्यक रहेकामा जोड दिँदै संस्थाले रचनात्मक र सिर्जनात्मक कार्य गर्ने विश्वास व्यक्त गरेका थिए ।

  • १० कार्तिक २०८१, शनिबार १७:५८ प्रकाशित