खबरदारी सभा कसैलाई बचाउनका लागि होइन : प्रचण्ड

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खबरदारी सभा कसैको बचाउनको लागि आयोजना नगरिएको बताएका छन । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मात्र पक्राउ गर्नुले सरकारको व्यवहारप्रति आफूहरुको आपत्ति रहेको उनको भनाइ छ ।

शनिबार काठमाडौंमा भएको खबरदारीसभामा उनले सहकारीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदनमा नाम भएका कांग्रेस र एमालेका नेताहरुलाई केही नगरिएको तर प्रतिपक्षका नेतालाई मात्र पक्राउ गरिएको बताएका हुन् ।

सरकारले अहिलेको रबैया प्रति आपत्ति रहेको बताउदै प्रचण्डले जुन प्रतिवेदनमा नाम उल्लेख भएका एमाले संग सम्बन्धित ब्याक्तिहरुलाई छानबिन नगरेको र एमाले र कांग्रेसकाहरुलाई जोगाउने काम गरी राजनीति पूर्वाग्रहले मात्र प्रतिपक्षीलाई गिरफ्तारी गरेको समेत बताए ।

माओवादीले रवि लामिछानेको बचाउका लागि खबरदारीसभा आयोजना गरेको भन्ने प्रचार भएको भन्दै प्रचण्डले खबरदारी सभा कसैलाई बचाउनका लागि आयोजना नगरिएको स्पस्ट समेत पारे ।

  • १० कार्तिक २०८१, शनिबार १७:३५ प्रकाशित