आज यी स्थानमा वर्षाको सम्भावना

केन्द्रभाग मिडिया

पोखरा ।

देशभर पश्चिमी वायुका साथै बंगालको खाडीमा विकसित चक्रवात ‘दाना’ को अंशको आंशिक प्रभाव समेत छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेशमा आंशिक देखी साधारणतया बदली र बांकी प्रदेशमा आंशिक बदली छ ।

दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखी साधारणतया बदली र बांकी भू-भागमा आंशिक बदली देखी देखि मौसम मुख्यतया सफा रहने छ । देशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

राति कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

 

  • १० कार्तिक २०८१, शनिबार ०६:४६ प्रकाशित