सत्तारुढ दलहरुले सार्वजनि गरे सात बुँदे साझा दृष्टिकोण

केन्द्रभाग मिडिया

काठमाडौं ।

सत्तारुढ दलहरुले बैठकले सरकारलाई थप प्रभावकारी बनाउन ७ बुँदे साझा दृष्टिकोण सार्वजनिक गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दलहरुको बैठकले सय दिनको कामको समीक्षा गर्दै साझा दृष्टिकोण सार्वजनिक गरेको हो । सत्तारुढ दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी, जनमत पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीको संयुक्त बैठक बसेको हो ।

सत्तारुढ दलहरुले सरकारले मुलुकलाई आर्थिक संकटको अवस्थाबाट बाहिर निकाल्न, सुशासन र विकासको दिशामा अघि बढाउन महत्वपूर्ण कदम बढाएको निष्कर्ष समेत निकालेका छन् ।

  • ९ कार्तिक २०८१, शुक्रबार २१:४७ प्रकाशित