एगा पोखराको अध्यक्षमा गोकर्ण लम्साल चयन

केन्द्रभाग मिडिया

पोखरा ।

इम्ब्रोइडरी एण्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराको अध्यक्षमा गोकर्ण लम्साल चयन भएका छन् । एगा पोखराको शुक्रबार सम्पन्न २१ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनले लम्सालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा गिता ढकाल पौडेल, सचिवमा माया सुबेदी, सहसचिवमा सुरेन्द्र पौडेल र कोषाध्यक्षमा सुशील ढकाल चयन भएका छन् । यसैगरी सदस्यहरुमा रामकृष्ण तिमिल्सिना नारायण प्रसाद पाण्डे, होमराज भण्डारी, रमेश सुबेदी र सुन्ति पुर्जा चयन भएका निर्वाचन मण्डलका अध्यक्ष एवं पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष चिरञ्जिवी पोखरेलले जानकारी दिए ।

साधारणसभाले अध्यक्ष इन्द्रप्रसाद भण्डारीले प्रस्तुत गरेको अध्यक्षको प्रतिवेदन र सचिव गिता ढकाल पौडेलले प्रस्तुत गरेको सचिवको प्रतिवेदन पास गरेको छ । विक्रम सम्बत  ७ साउन २०६१ मा स्थापना भएको संस्थामा इम्ब्रोइडरी तथा गार्मेन्ट व्यवसायी गरी ७४ व्यवसायी आवद्ध छन् ।

  • ९ कार्तिक २०८१, शुक्रबार १८:०८ प्रकाशित