पाँचथर बम विस्फोटमा ज्यान गुमाएका साँवा परिवारलाई सरकारले आर्थिक सहायता दिने

केन्द्रभाग मिडिया

काठमाडौं ।
भदौ दोस्रो साता द्वन्द्वकालीन बम विस्फोटमा परी ज्यान गुमाएका पाँचथरका नाबालक दाजुबैनीको परिवारलाई सरकारले आर्थिक सहायता दिने भएको छ । भदौ १४ गते पाँचथरको फालेलुङ गाउँपालिका–५, डाँडागाउँका दिप्सन साँवा र प्रिन्सा साँवाको बम विस्फोटमा ज्यान गुमेको थियो ।

कात्तिक ८ गते बसेको मन्त्रिपरिषद् बैठकले साँवा परिवारलाई एकाघरको परिवारलाई प्रतिपरिवार बिलबमोजिम बढीमा ५ लाखका दरले आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको हो । खेल्ने क्रममा दिउँसो करिब ३ बजे भएको विष्फोटमा ४ जना बालबालिका परेका थिए । घर नजिकै अम्रिसो बारीमा भेटिएको वस्तुलाई खेलौना जस्तो ठानेर बालबालिकाले खोल्न खोज्दा विस्फोट भएको थियो । त्यसमा अढाइ वर्षीया प्रिन्सा सावा र ११ वर्षीय दिप्सन गम्भीर घाइते भइ उपचारको लागि अस्पताल लगिए पनि उपचारको क्रममा उनीहरुको ज्यान गएको थियो ।

बिहीबार बसेको मन्त्रिपरिषद्ले उनीहरुको उपचारमा लागेको खर्चको बिलका आधारमा बढीमा ५ लाख रुपैयाँसम्म सहायता दिने निर्णय गरेको हो ।

  • ९ कार्तिक २०८१, शुक्रबार १७:२४ प्रकाशित