सहकारी पीडितद्धारा मंसिर ५ गते वृहत राष्ट्रिय आन्दोलनको घोषणा

केन्द्रभाग मिडिया

काठमाडौं ।

सरकारले आफूहरुलाई बेवास्ता गर्दै माग सम्बोधन नगरेको भन्दै सहकारी पीडितले फेरि वृहत राष्ट्रिय आन्दोलनको घोषणा गरेका छन् ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले आज एक विज्ञप्ति जारी गरी सरकारले बचत फिर्ताको जिम्मा नलिएसम्म आफूहरूको रकम फिर्ता हुने अवस्था नदेखिएकोले आन्दोलन गर्नुपर्ने अवस्था आएको बताएको हो ।

‘सहकारी बचतकर्ताको बचत फिर्ता गर्न सरकारले जिम्मा नलिएसम्म बचतकर्ताको रकम फिर्ता हुने देखिँदैन, त्यसैले सरकारले यस विषयमा गम्भीरतापूर्वक लाग्नुपर्नेछ’, अभियानका अध्यक्ष कुशलब केसीले भनेका छन्, ‘त्यसैले हाम्रो निर्णायक आन्दोलन मंसिर ५ मा हो । हामी आन्दोलनमा उत्रिने बाध्यता सरकारले बनायो ।’

सहकारी पीडितले बुधबार डिपुटी गर्भनरसहित बसेको क्याबिनेट छलफलमा पनि आफूहरूको प्रतिनिधि नराखी सम्झौता गरेको आरोप लगाएका छन् । उनीहरुले पटकपटक सम्पर्क गर्दा पनि सरकारी पक्ष सम्पर्कमा आउन नचाहेको बताएका छन् ।

  • ९ कार्तिक २०८१, शुक्रबार १५:०७ प्रकाशित