कञ्चनपुरमा ओछ्यानमै मृत भेटिए दम्पती

केन्द्रभाग मिडिया

symbolic photo

कञ्चनपुर ।

लालझाडी गाउँपालिका–१ विनाबारीका ४५ वर्षीय रमेश बडायक र उनकी श्रीमती ४३ वर्षीय कमल बिछ्यौनामा मृत फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेशप्रसाद जोशीका अनुसार दुवै जनालाई आज बिहान मृत फेला पारिएको हो । त्यसबारे स्थानीयले प्रहरीलाई बिहान खबर गरेका थिए ।

“घटना शङ्कास्पद छ, उनले भने, “मृतको शरीरमा धारिलो हतियार प्रयोग भएको डाम देखिएको छ, घटनास्थलमा रगत पनि देखिएकाले अनुसन्धान थालिएको छ ।

  • ९ कार्तिक २०८१, शुक्रबार १०:२९ प्रकाशित