साताको अन्तिम दिन आज कस्तो छ विदेशी मुद्रा विनिमयदर ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज डलर एकको खरिददर १३४ रुपैयाँ २३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ८३ पैसा छ ।

आज युरो एकको खरिददर १४४ रुपैयाँ ९० पैसा र बिक्रीदर १४५ रुपैयाँ ५५ पैसा रहेको छ । यस्तै पाउण्ड एकको खरिदर १७४ रुपैयाँ १३ पैसा र बिक्रीदर १७४ रुपैयाँ ९१ पैसा रहेको छ । १० जापानी येनको खरिददर ८ रुपैयाँ ८४ पैसा र बिक्रीदर ८ रुपैयाँ ८८ पैसा छ । भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १८ रुपैयाँ ९५ पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ८२ पैसा र बिक्री दर ३६ रुपैयाँ ९८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर ३० रुपैयाँ ८७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०१ पैसा रहेको छ ।

  • ९ कार्तिक २०८१, शुक्रबार ०९:२८ प्रकाशित