मौसम पूर्वानुमान : यी तीन प्रदेशमा हुनेछ हल्का वर्षा

केन्द्रभाग मिडिया

पोखरा ।

देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव छ । साथै कोशी प्रदेशमा बंगालको खाडीमा विकसित चक्रवात ‘दाना’ को आंशिक प्रभाव समेत छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश र लुम्बिनि प्रदेशका पुर्बी भू-भागमा आंशिक देखि साधारणतया बदली रहि देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा छ ।

दिउँसो कोशी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।

कोशी प्रदेश र लुम्बिनि प्रदेश लगायत देशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

राति कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।

कोशी प्रदेश लगायत कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

  • ९ कार्तिक २०८१, शुक्रबार ०६:५८ प्रकाशित