होटल संघ पोखराको अध्यक्षमा पुन: सुवेदी निर्वाचित

केन्द्रभाग मिडिया

पोखरा  ।
होटल संघ पोखराको अध्यक्षमा पुन लक्ष्मण सुवेदी निर्वािचत भएका छन् । होटल संघ पोखराको २१ औं अधिवेशन तथा ४२ अाैं साधारणसभाले सुवेदीको अध्यक्षतामा पुरानै टिमलाई सर्बसम्मत निरन्तरता दिएको हो ।

संघको प्रथम उपाध्यक्षमा दिपक श्रेष्ठ, द्वितीय  उपाध्यक्षमा गणेशराज पहारी, महासचिवमा राजेन्द्र ढकाल, सचिव पार्वता पाण्डे, कोषाध्यक्षमा नेत्रप्रसाद पौडेल (रमेश) र सहकोषाध्यक्षमा बैभव पौडेल निर्वाचित भएका हुन् ।

सदस्यमा प्रदिपराज पहारी, विवेक गौतम, शिवराज पहारी, पन्चङ लामा चयन भएका छन् ।

  • ८ कार्तिक २०८१, बिहीबार १९:२१ प्रकाशित