व्यवसायी मीनबहादुरले एमालेलाई दिएको जग्गादानविरुद्धको रिट ‘हेर्न नमिल्नेमा’

केन्द्रभाग मिडिया

काठमाडौं ।

सरकारको नेतृत्वकर्ता नेकपा एमालेको केन्द्रीय कार्यालय भवन बनाउन विवादित व्यवसायी मीनबहादुर गुरुङले गरेको जग्गादानविरुद्धको रिट न्यायाधीश डा नहकुल सुवेदीले नहेर्ने भएका छन्। उनले उक्त रिट आफूले नहेर्ने भन्दै ‘हेर्न नमिल्ने’ सूचीमा पठाएका छन्।

सुवेदीको एकल इजलासमा १२ वटा मुद्दा पेसी चढेका थिए। उनले बाँकी सबै मुद्दा हेरिसकेर केहीबेर जग्गादानसम्बन्धी रिटमा पनि छलफल भएको थियो। तर, न्यायाधीश सुवेदीले मीनबहादुर जोडिएको ललिता निवास जग्गा प्रकरणको मुद्दा आफूले हेरिसकेकाले अहिलेको मुद्दा नहेर्ने भनेपछि सुनुवाइ हुन सकेन।

अब अर्को पेसी आइतबारलाई तोकिएको निवेदक अभिवक्ता ज्ञानकुमार बस्नेतले जानकारी दिए।

  • ८ कार्तिक २०८१, बिहीबार १४:३४ प्रकाशित