पोखरामा आलुको भाउ कति छ ? (मुल्य सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

आज कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले सार्वजनिक गरेको तरकारीको मूल्य अनुसार आज पोखरामा सानो गोलभेडाँ १४३ रुपैयाँ देखि १६१ रुपैयाँसम्म मण्डीबाट किनबेच भइरहेको छ । औसत मुल्य भने १५२ रुपैयाँ रहेको छ ।

आज प्याज के.जीको १०० देखि १२० रुपैयाँ रहेको छ । आज ठुलो गोलभेडाँ १३० देखि १५० रुपैयाँसम्म केजी रहेको छ ।

आज रातो र सेतो दुवै आलु प्रति केजी ५५ देखि ६५ रुपैयाँ रहेको छ । यस्तै घिरौला १०० देखि १२० रुपैयाँ सम्म किनबेच भएको छ । यस्तै गाजर अधिकतम १८० र न्युनतम १५० रुपैयाँ प्रति केजी रहेको छ । रायोको साग ५० देखी ६० रुपैयाँ मुठा रहेको छ ।मुला ५० देखि ६० रुपैयाँ केजी रहेको छ ।

 

मासु र फलफुलको मुल्य हेर्न यहाँ क्लिक गर्नुहोस् ।

  • ८ कार्तिक २०८१, बिहीबार ०८:५४ प्रकाशित