पीडितले वचत रकम फिर्ता पाउनु पर्दछ:नेता पहारी

केन्द्रभाग मिडिया

पोखरा ।

नेकपा(एमाले) केन्द्रीय सदस्य एवम् युवा संघ नेपालका इन्चार्ज राजीव पहारीले सहकारी पीडितले वचत रकम पाउनु पर्ने बताएका छन । नेकपा एमाले पोखरा १७ को विस्तारीत वैठकमा बोल्दै पहारीले जनताले आप्mनो रगत पसिना खर्चेर संकलन गरेको रकम अपचन गर्नेलाई कानूनी दायरामा ल्याएर पिडीतको वचत फिर्ता गर्न सरकार जिम्मेवार भएर लाग्नु पर्ने जोड दिए ।

नेकपा एमाले सहकारी पीडितको पक्षमा रहेको बताउँदै नेता पहारीले पार्टीप्रतिको घेरा बन्दिलाई निस्तेज बनाउन संगठित भएर लाग्न कार्यकर्तालाई आग्रह समेत गरे । नेकपा एमाले कास्की जिल्ला कमिटी उपाध्यक्ष भेषराज बरालले पछिल्लो समयमा सामाजिक सञ्जालले जनतामा भ्रम श्रृजना गरेको बताउँदै सत्य तथ्यमा आधारित सुचना सम्प्रेषण गर्नुपर्ने आवश्यकता औल्याए ।

एमाले पोखरा १७ कार्यवाहक अध्यक्ष विक्रम गुरुङको अध्यक्षतामा भएको बैठकमा पार्टी इन्चार्ज सुभाष ढुङ्गाना, पोखरा १७ का वडा अध्यक्ष राधिका शाही योगी लगायतले पार्टीका गतिविधि एवम् विकास निर्माणका बारेमा चर्चा गरेका थिए ।

बैठकले जिल्ला कमिटीका सर्कुलको कार्यान्वयन गर्दै विभिन्न चार्डपर्वका अवसरमा यही १४ गते शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ ।

  • ७ कार्तिक २०८१, बुधबार २१:५१ प्रकाशित