रोल्पामा जिप दुर्घटना : दुई दिने शिशुको ज्यान गयो

केन्द्रभाग मिडिया

दाङ ।

रोल्पाको सुनिल स्मृति गाउँपालिका–४ कागडाँडामा डबल क्याब जिप आज बिहान दुर्घटना हुँदा दुई दिने शिशुको ज्यान गएको छ ।

लु ३ च १६५६ नम्बरको जिप आज बिहान पौने ५ बजेतिर दुर्घटना हुँदा रोल्पाको लुङ्ग्री गाउँपालिका–१ छिउधर निवासी अमृत रोकाको दुई दिने छोराको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार प्युठान अस्पतालमा सुत्केरी भएकी श्रीमती र बच्चासहित अमृत रोका घर फर्किने क्रममा दुर्घटनामा परेका हुन् ।दुर्घटनामा गम्भीर घाइते भएका शिशुको सुलिचौर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा आज बिहान ६ः४० बजे ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

प्रहरीका अनुसार गाडी चालक लुङ्ग्री गाउँपालिका १ छिउधर निवासी ३५ वर्षीय कुलबहादुर विष्ट घाइते छन् । उनको दायाँ हातमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

  • ७ कार्तिक २०८१, बुधबार १०:५८ प्रकाशित