विधायन व्यवस्थापन समितिको बैठक बस्दै

केन्द्रभाग मिडिया

काठमाडौँ ।

आज राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ ।

बैठकमा समितिको कार्यविधि सम्बन्धमा छलफल हुने बताइएको छ । पछिल्लो समय सांसद्हरु काठमाडौँ नरहेको भन्दै संसदीय समितिहरूको बैठक पातलिएको छ ।

हिजो मात्र सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापतिहरूलाई चलायमान बन्न निर्देशन दिएका थिए ।

  • ७ कार्तिक २०८१, बुधबार १०:५४ प्रकाशित